हल्दीबारीमा वडा सङ्ख्या विस्तार गर्न माग
rajdhanidaily.com · Tue Aug 04 06:01:05 GMT 2026
झापा । यहाँको हल्दीबारी गाउँपालिकाले जनसङ्ख्या वृद्धि र प्रशासनिक सहजतालाई आधार मान्दै हालको ५ वडा बढाएर ७ वटा कायम गर्न सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको छ ।
स्थानीय तहको सङ्ख्या तथा सिमाना हेरफेर गर्ने सम्बन्धमा गाउँपालिकामा सोमबार सम्पन्न सर्वदलीय बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले जानकारी दिए । उनका अनुसार छलफलले वडा नं १ र २ लाई विभाजन गरी थप एक–एक वडा कायम गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।
Read full story at source (rajdhanidaily.com)