युवालाई सचेत बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी आउनेछ : मुख्यमन्त्री आचार्य
ratopati.com · Tue Aug 04 06:09:47 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताएका छन्।
दाङको लमहीमा मंगलबार आयोजित प्रदेशस्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेषगरी १६ देखि ३० वर्ष उमेर समूहका युवाको संलग्नता तथा क्षति बढी देखिएको बताए। उनले यसलाई प्रदेशकै ठुलो चुनौती र चिन्ताको विषयका रूपमा उल्लेख गरे।
Read full story at source (ratopati.com)