सुनसरी घटनाका घाइतेको काठमाडौंमा उपचारका क्रममा मृत्यु
onlinekhabar.com · Tue Aug 04 06:05:41 GMT 2026

१९ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । १० साउन राति प्रहरीले चलाएको गोली लागेर घाइते भएका देवानगञ्ज-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार मंगलबार बिहान मेहताको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले मेहताको मृत्युको खबर आएको बताए । ‘हामीले पनि भर्खरै थाहा पायौं’, उनले भने,‘ टिचिङ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।’
Read full story at source (onlinekhabar.com)