मोदीको भिडियो हटाएकोमा मार्क जुकरबर्गले माफी माग्नुपर्ने भाजपाको माग, विपक्षी भने मेटाको पक्षमा
techpana.com · Tue Aug 04 05:57:00 GMT 2026

काठमाडौं । मेटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको विषय भारतको संसदीय समितिसम्म पुगेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार फेसबुकको माउ कम्पनी मेटाले प्रधानमन्त्री मोदीको भिडियो हटाएको विषयमा भारतको सूचना प्रविधिसम्बन्धी संसदीय समितिका अध्यक्ष तथा भारतीय जनता पार्टी (भाजपा) निशिकान्त दुबेले बोलाएको बैठकमा पनि छलफल भएको छ ।
मेटाले घटनामा माफी माग्नु मात्र पर्याप्त नहुने र उक्त त्रुटिको जिम्मेवारी कसले लिने भन्ने स्पष्ट रूपमा पत्ता लगाई कानुनी कारबाही नगरेसम्म त्यो पर्याप्त नमानिने विषयमा छलफल भएको प्रत्यक्ष जानकार भएका व्यक्तिहरूलाई उद्धृत गर्दै भारतीय मिडिया एनडीटीभीले उल्लेख गरेको छ । उक्त घटनामा मेटाका प्रमुख मार्क जुकरबर्गले नै माफी माग्नुपर्ने भाजपा सांसद दुबेले माग गरेका छन् ।
Read full story at source (techpana.com)