कप्तानगञ्ज फेरि शोकमा, उपचारकै क्रममा अर्का घाइतेको निधन
kalakarmi.com · Tue Aug 04 06:56:39 GMT 2026

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा केही दिनअघि हिन्दु र मुस्लिम समुदायबीच भएको झडपका क्रममा घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ । यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार घाइते रवीन्द्र मेहताको मंगलवार उपचारकै क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको हो । झडपका क्रममा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
Read full story at source (kalakarmi.com)