कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह
ratopati.com · Tue Aug 04 07:15:24 GMT 2026

काठमाडौँ । एलपी ग्यास उद्योग संघ नेपालले हाल बजारमा देखिएको ग्यासको अभाव र उपभोक्ताले भोग्नुपरेको सास्तीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले एक अपिल जारी गर्दै ग्यासको आपूर्ति क्रमिक रूपमा सहज हुँदै गएकाले नआत्तिन उपभोक्ताहरूलाई आग्रह गरेको छ ।
विगतमा तेस्रो मुलुकमा देखिएको अप्रत्याशित द्वन्द्वका कारण ग्यास आयात प्रभावित हुँदा उपभोक्ताको सहजताका लागि ७.१ केजीको आधा सिलिण्डर मात्र उपलब्ध गराइएको थियो । तर, अहिले अन्तर्राष्ट्रिय परिस्थिति सुधारिएसँगै आयात नियमित भएको र पुनः १४.२ केजीकै पूरा सिलिण्डर बजारमा पठाइएको संघले जानकारी दिएको छ ।
Read full story at source (ratopati.com)