जैविक क्रान्तिकाे आवश्यकता
nagariknews.nagariknetwork.com · Mon Aug 03 04:38:31 GMT 2026

मानव सभ्यताको इतिहासलाई नियाल्ने हो भने एउटा सत्य स्पष्ट देखिन्छ– प्रकृतिसँग सुमधुर सम्बन्ध कायम रहेका समाजहरू दीर्घकालसम्म समृद्ध र सन्तुलित बने, जबकि प्रकृतिको दोहनलाई विकासको मापदण्ड बनाउने सभ्यताहरू अन्ततः अनेकौं संकटको सामना गर्न बाध्य भए।
आज विश्वले भोगिरहेको जलवायु परिवर्तन, माटोको उर्वराशक्ति ह्रास, खानेपानीका स्रोतहरूको प्रदूषण, वन विनाश, जैविक विविधताको क्षय तथा मानिसमा बढ्दो दीर्घरोगका घटनाले यही सत्यलाई पुनः पुष्टि गरेका छन्। उत्पादन बढाउने नाममा रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले तत्काल केही उपलब्धि दिलाए पनि त्यसको मूल्य अहिले सम्पूर्ण मानव जातिले तिर्न थालेको छ। यसैकारण आज संसारभरि पुनः प्रकृतिमैत्री कृषि प्रणालीको खोजी भइरहेको छ, जसलाई जैविक खेतीका नामले चिनिन्छ। जैविक खेती भन्नाले रासायनिक मल, रासायनिक विषादि, कृत्रिम वृद्धि प्रवर्धक तथा प्रकृतिको स्वाभाविक चक्रलाई बाधा पुर्याउने पदार्थको प्रयोग नगरी गोठेमल, कम्पोस्ट मल, हरियो मल, जैविक कीटनियन्त्रण, बाली चक्र, मिश्रित खेती, स्थानीय बिउ तथा प्राकृतिक प्रक्रियाको सहायताले गरिने दिगो कृषि प्रणालीलाई बुझिन्छ। यसको उद्देश्य केवल अन्न उत्पादन गर्नु मात्र होइन, माटोको जीवन जोगाउनु, पानीको शुद्धता कायम राख्नु, वातावरणको सन्तुलन संरक्षण गर्नु तथा मानिसलाई स्वस्थ र पोषणयुक्त खाद्य उपलब्ध गराउनु हो। सरल शब्दमा भन्नुपर्दा जैविक खेती प्रकृतिसँग प्रतिस्पर्धा होइन, प्रकृतिसँग सहकार्य गर्ने जीवनपद्धति हो। विज्ञानले पनि आज यही सत्यलाई स्वीकार गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)