एलिना र हिमाल सागरको गीत ‘ताकधिन् ताकधिन्’ सार्वजनिक
ratopati.com · Sat Jul 04 03:38:25 GMT 2026

काठमाडौँ । गायक हिमाल सागर र एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘ताकधिन् ताकधिन् ’ सार्वजनिक भएको छ । लोक–आधुनिक शैलीमा तयार गीत मार्फत हिमाल र एलिनाले पहिलोपटक गायनमा सहकार्य गरेका हुन् । गीतमा शब्द तथा संगीत नृपेश उप्रेतीको छ ।
प्रेमिल र जनजिब्रोमा झुन्डिने खालको गीतको म्युजिक भिडियो निर्देशन शक्ति प्रज्ज्वल घिमिरेले गरेका छन् । स्मारिका ढकाल र प्रभात पल ठकुरीको अभिनय रहेको भिडियोमा राजेश घिमिरेको छायाङ्कन तथा प्रवीण थापाको छ ।
Read full story at source (ratopati.com)