मोरङका एसपी कटवाललाई सोधियो स्पष्टीकरण, मुन्दडाको घरमा किन मारियो छापा?
annapurnapost.com · Tue Aug 04 09:04:16 GMT 2026

काठमाडौं : मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग कोशी प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण मागेको छ। विराटनगर महानगरपालिका-७ गोश्वारा रोडस्थित व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएको घटनाबारे स्पष्टीकरण सोधिएको हो।
कोशी प्रदेश प्रहरी कार्यालयले उक्त घटनासम्बन्धी प्राप्त सूचना, उपलब्ध विवरण तथा प्रारम्भिक तथ्यका आधारमा प्रहरीको निर्णय प्रक्रिया, कानुनी आधार र कार्यसम्पादनबारे गम्भीर प्रश्न उठेकाले लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।
Read full story at source (annapurnapost.com)