एलजी इलेकट्रोनिक्स सिंगापुर र सिजी इलेकट्रोनिक्सले “एक्सपेरियन्स एआई: अफेक्सनट इन्टेलिजेन्स” शोकेससहित २०२६ को प्रोडक्ट लाइनअप सार्वजनिक
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ। एलजी इलेकट्रोनिक्स सिंगापुर प्रालिले सिजी इलेकट्रोनिक्ससँगको साझेदारीमा आफ्नो प्रमुख “एक्सपेरियन्स एआई: अफेक्सनट इन्टेलिजेन्स” प्रदर्शनीको शुभारम्भ गरेको छ । यस प्रदर्शनीमा एलजीका नवीनतम एआई पावर्ड टेलिभिजन, अडियो सिस्टम, वासिङ मेसिन तथा रेफ्रिजरेटर लगायतका उत्पादनहरू प्रस्तुत गरिएको छ ।
४ भदौदेखि १४ असोज २०८३ सम्म सञ्चालन हुने यस प्रदर्शनीले एलजीका नयाँ पुस्ताका घरायसी उपकरणहरूले प्रयोगकर्ताको बानी बुझ्ने, दैनिक आवश्यकताको पूर्वानुमान गर्ने तथा घरायसी कामलाई अझ सहज बनाउने तरिका प्रस्तुत गर्दछ । यसले परिवारलाई वास्तवमै महत्त्वपूर्ण कुरामा बढी समय दिन सहयोग पुर्याउने एलजीको दाबी छ ।
Read full story at source (hamrakura.com)