जंगली च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमति अस्पतालमा
rajdhanidaily.com · Tue Aug 04 09:28:51 GMT 2026

बाजुरा । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापाको जंगली च्याउँ खाएर मृत्यु भएको छ। भने उनकी श्रीमतिको अवस्था समेत गम्भीर भएका कारण ५० वर्षीया नाम्सरी थापाको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेका छ । उनिहरुले सोमबार साँझ जंगली च्याउ खाएपछि अचानक बिरामी परेका थिए ।
दुवै जनालाई राति नै उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अस्पतालमा चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने क्रममा राति १०ः४० बजे रामे थापालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबक्ता नरेश शाहीले जानकारी दिएका छन ।
Read full story at source (rajdhanidaily.com)