एयर इन्डियाको जहाज टर्बुसेन्समा पर्दा १४ जना घाइते
shilapatra.com · Tue Aug 04 09:28:01 GMT 2026

एयर इन्डियाको जहाज टर्बुलेन्समा पर्दा १४ जना घाइतले भएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार थाइल्यान्डको फुकेटबाट दिल्ली आइरहेको एयर इन्डियाको एआई २३७९ जहाज मंगलबार टर्बुलेन्समा पर्दा १० जना यात्रु र ४ जना क्रु मेम्बर घाइते भएका हुन् ।
टर्बुलेन्सका कारण जहाजले अचानक उचाई परिवर्तन गर्दा यात्रु र क्रु मेम्बर घाइते भएको खबरमा उल्लेख छ । जहाज उडिरहेको उचाईबाट अचानक ३ सय फिट तल झरेको थियो । अहिले घाइतेहरूको मेदान्ता अस्पताल र इन्डिया स्पाइनल इन्जुरी सेन्टरमा उपचार भइरहेको छ ।
Read full story at source (shilapatra.com)