सेनासँगको चर्काचर्कीबारे राजु पाण्डे– ड्युटीका अफिसरलाई सम्मान गर्न राम्रोसँग आउँछ
baahrakhari.com · Tue Aug 04 09:26:24 GMT 2026

काठमाडौं । काठमाडौंको गोकर्णस्थित वाग्मती करिडोर विस्तारका क्रममा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डे र नेपाली सेनाका एक अधिकारीबीच भएको चर्काचर्कीको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।
गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा सेनाको विपद् व्यवस्थापन तालिम केन्द्र छ । करिडोर विस्तारका क्रममा त्यहाँको पर्खाल डोजरले भत्काउन लाग्दा सैनिक र सांसद पाण्डेबीच विवाद भएको थियो । भिडियोमा सैनिकले 'यहाँ फौज बसेको छ, अनुमति पत्र खै ?' भन्दै रोक्न खोजेको र सांसद पाण्डेले 'करिडोरको मापदण्ड सबैलाई लाग्छ, यो डोजर रोकिँदैन' भनेको सुनिन्छ ।
Read full story at source (baahrakhari.com)