युरोपेली फुटबलको सर्वोच्च निकाय UEFA ले फिफालाई किन पत्र पठायो ?
nepalviews.com · Tue Aug 04 09:35:55 GMT 2026
एजेन्सी । युरोपेली फुटबलको सर्वोच्च निकाय UEFA ले फुटबलको विश्वव्यापी नियामक संस्था FIFA लाई प्रमाण सुरक्षित राख्न औपचारिक कानुनी पत्र (Preservation Letter) पठाएको पुष्टि गरेको छ। फिफा अध्यक्ष Gianni Infantino ले भविष्यका विश्वकपबाट हुने आम्दानीको हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने योजना असफल भएपछि यूईएफएले यस्तो कदम चालेको हो।
अल जजिरालाई पठाएको इमेलमा यूईएफएले, “हामीले प्रमाण सुरक्षित राख्न सम्बन्धी पत्र पठाएको पुष्टि गर्छौं,” भन्दै यस विषयमा तत्काल थप टिप्पणी नगर्ने जनाएको अल जजिरा ले समाचार प्रकाशित गरेको छ।
Read full story at source (nepalviews.com)