विदेशी डिग्रीको समकक्षता अब यूजीसीबाट, अनलाइन आवेदन दिएको २ दिनमै प्रमाणपत्र दिने !
techpana.com · Tue Aug 04 09:39:33 GMT 2026

काठमाडौं । विदेशी विश्वविद्यालयबाट अध्ययन पूरा गरी फर्किएका विद्यार्थीका लागि शैक्षिक योग्यताको समकक्षता निर्धारण गर्ने जिम्मेवारी औपचारिक रूपमा विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले सम्हालेको छ । विगतमा त्रिभुवन विश्वविद्यालयले गर्दै आएको यो कार्य अब यूजीसीमार्फत अनलाइन प्रणालीबाट हुन थालेको हो ।
विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक डुलराज चिमरियाले साउन ६ गतेदेखि यो नयाँ व्यवस्था कार्यान्वयनमा आएको बताए । नयाँ प्रणालीअन्तर्गत हालसम्म दुई हजारभन्दा बढी प्रयोगकर्ता दर्ता भइसकेका र ९०० भन्दा बढीले आवेदन प्रक्रिया अगाडि बढाइसकेको उनले जानकारी दिए ।
Read full story at source (techpana.com)