हर्क साम्पाङको प्रश्न– ‘मेरो घर छेउ नआइज, मेरो बाटो नहिँड भन्ने व्यवहार भइरहेको छ, यो कानूनी राज्य हो कि जंगली राज्य ?
emountaintv.com · Tue Aug 04 09:45:23 GMT 2026
काठमाडौँ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले जनकपुर भ्रमणका क्रममा आफूलाई एउटा समूहले प्रवेश निषेध गर्न खोजेको घटनाप्रति आपत्ति जनाउँदै कानूनी राज्यमा सबै नागरिकलाई देशको जुनसुकै क्षेत्रमा निर्वाध रूपमा आवतजावत गर्न पाउने अधिकार भएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । साउन पाँच गते जनकपुरको जानकी मन्दिर प्रवेश गर्ने क्रममा श्रम संस्कृति पार्टीका कार्यकर्ता हिन्दु सम्राट सेनाका कार्यकर्ताबाट लखेटिएका थिए । अध्यक्ष राईले उक्त घटनाको छानविन गरि दोषीलाई कानूनी कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराइसकेको पनि बताउनु भयो ।
Read full story at source (emountaintv.com)