नेप्से २१ अंकले घट्यो, कारोबारमा पनि गिरावट
shilapatra.com · Tue Aug 04 09:48:06 GMT 2026

शेयरबजार परिसूचक नेप्सेमा मंगलबार तीव्र गिरावट आएको छ । आज नेप्से सूचक २१.१५ अंकले घट्दै २ हजार ६६३.१८ अंकमा झरेको हो ।
उसो त आज कारोबारमा समेत गिरावट आएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । २१ अंकले सूचक घट्दा आज बजारमा ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ६१ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ ।
Read full story at source (shilapatra.com)