नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम कति ?
kendrabindu.com · Tue Aug 04 09:58:08 GMT 2026

काठमाडौं । साताको तेस्रो कारोबार दिन मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से सूचक २१.१५ अङ्कले घटेर २,६६३.१८ अङ्कको विन्दुमा झरेको हो।
बजार सूचकसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा केही सुस्तता देखिएको छ। दिनभर भएका ५२ हजार २७२ पटकका कारोबारमार्फत ३४३ वटा कम्पनीका १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैयाँभन्दा बढीमा सीमित भएको छ।
Read full story at source (kendrabindu.com)