सुनसरीसहित चार जिल्लाका घटनामा न्यायिक छानबिन समिति गठन गर्न कांग्रेसको माग
nepalviews.com · Tue Aug 04 10:08:25 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ ।
कांग्रेस संसदीय दलको बैठकले ती घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै तीन युवाको मृत्यु र थुप्रै व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै भनेको छ, ‘घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग जोडदार माग गर्दछौँ। भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन सबै पक्षलाई हार्दिक अपिल गर्दछौँ ।’
Read full story at source (nepalviews.com)