बुधबार पनि वर्षा, सतर्कता अपनाउन आग्रह : जाजरकोटमा सर्वाधिक मापन
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको जाजरकोट आसपासमा सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ। विभागका अनुसार आज र बुधबार रातिको समयमा वर्षाको गतिविधि थप बढ्ने तथा आगामी बिहीबारदेखि भने वर्षा क्रमशः कम हुँदै जाने सम्भावना रहेको छ।
विभागका मौसमविद् रोजन लामिछानेले पछिल्लो २४ घण्टामा जाजरकोट आसपासमा १३८ मिलिमिटर वर्षा रेकर्ड गरिएको जानकारी दिएका छन्। त्यसैगरी, कोशी प्रदेशका झापा, इलाम र सुनसरीमा पनि भारीदेखि धेरै भारी वर्षा भएको छ। इलाम–झापा आसपासको क्षेत्रमा करिब १३० मिलिमिटर र विराटनगर आसपास १२५ मिलिमिटर वर्षा मापन गरिएको छ भने पछिल्लो छ घण्टामा समेत कोशी प्रदेशको इलाम–झापा क्षेत्रमा मध्यमदेखि भारी वर्षा जारी रहेको छ।
Read full story at source (hamrakura.com)