ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
barnanmedia.com · Tue Aug 04 10:11:23 GMT 2026

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरूले काठमाडौँ उपत्यकासहित मुलुकरभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएकाले तत्कालै समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सो मातहतका निकायलाई आग्रह गर्नुभएको छ ।
समितिको आज सिंहदरबारमा ‘खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन’ सम्बन्धमा आयोजित छलफलमा सहभागी सांसदहरूले बजारमा ग्यासको अभाव रहेकाले तत्कालै सम्बोधन गर्नका लागि माग गर्नुभएको हो ।
Read full story at source (barnanmedia.com)