सुदूरपश्चिमका रास्वपा सांसदहरूसँग प्रधानमन्त्रीले गरे छलफल
baahrakhari.com · Tue Aug 04 10:18:56 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा सांसदहरूसँग छलफल गरेका छन् ।
सिंहदरबारमा भएको छलफलका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको जानकारी संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको सांसद जनकसिंह धामीले जानकारी दिए । सुदूरपश्चिमका समस्या, राजनीतिक अवस्था र सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए ।
Read full story at source (baahrakhari.com)