धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ
onlinekhabar.com · Tue Aug 04 10:18:05 GMT 2026

१९ साउन, धनकुटा । प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित एक जनालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी हिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले धनकुटा नगरपालिका वडा नं. १ हिले क्याम्पस नजिक सडकमा शंकास्पद रुपमा हिँडिरहेका व्यक्तिलाई जाँच गर्ने क्रममा खैरो हेरोइन बरामद गरेको हो ।
पक्राउ पर्नेमा पाख्रिबास नगरपालिका वडा नं. ७ मुगा टोल बस्ने ३२ वर्षीय हरि तामाङ रहेका छन् । उनको शरीर खानतलासी गर्दा गोजीमा लुकाइ राखिएको हरियो प्लास्टिकमा प्याक गरिएको खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)