प्रतिनिधिसभामा प्रश्न : भूकम्पपीडित कहिलेसम्म टहरामा बस्ने?
ratopati.com · Tue Aug 04 10:27:46 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले जाजरकोटका भूकम्पपीडितको पुनःस्थापनाको कार्यलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन्।
सरकारले परिचालन गरेको जनशक्ति भूकम्पपछिको पुनर्निर्माण कार्यका लागि पर्याप्त नरहेको भन्दै उनले थप जनशक्ति पठाउन माग गरिन्। जाजरकोटका भूकम्पपीडितले अझै कति समय टहराभित्र बसिराख्ने हुन् भन्दै उनले प्रश्न गरिन्।
Read full story at source (ratopati.com)