सुकुम्बासी समस्याको समाधान खोज्न कांग्रेसको आग्रह, सरकारसँग राख्यो पाँचबुँदे माग
kendrabindu.com · Tue Aug 04 10:35:43 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको समस्या बल प्रयोगबाट नभइ सम्मानजनक र दीर्घकालीन ढंगले समाधान गर्न सरकारसँग आग्रह गरेको छ। साथै, उसले वास्तविक भूमिहीनको संरक्षण र व्यवस्थापनका लागि पाँचबुँदे प्रस्तावसमेत अघि सारेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन’ सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउने नाममा डोजर चलाएर समस्या समाधान नहुने बताए।
Read full story at source (kendrabindu.com)