सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल
reportersnepal.com · Tue Aug 04 10:37:45 GMT 2026

काठमाडौँ, १९ साउन । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् । परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिका लागि अन्तरराष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औँल्याए ।
मन्त्री खनालले अन्तरराष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, “अन्तरराष्ट्रिय सहायता र व्यापारको महत्त्वपूर्ण पाटोलाई थप कसरी वृद्धि गर्न सकिन्छ भन्ने हो ।” वर्तमान भूराजनीतिक परिस्थितिबाट सिर्जित चुनौती तथा सीमिततालाई मध्यनजर गर्दै नेपालले आफ्ना प्राथमिकता स्पष्ट पारेर अघि बढ्नुपर्ने विषयलाई सरकारले ध्यान दिएको उनको भनाइ छ ।
Read full story at source (reportersnepal.com)