गोदाममै थन्किए सिलिन्डर, लाइनमा उपभोक्ता
nepalnews.com · Tue Aug 04 10:41:24 GMT 2026

बुटवल। लक्ष्मी ग्यास सप्लायर्स बुटवलमा दुई सयजति खाली सिलिन्डर गोदाममा थन्किएका छन्। ५० वटा भरी सिलिन्डर आएको आधा घण्टामा वितरण गरेर सकिए। सञ्चालक सहदेव श्रेष्ठ भन्छन्‚ “तीन सयभन्दा बढीले नाम ठेगाना र फोन नम्बर टिपाएर ग्यास पर्खिरहेका छन्।”
यो अवस्था बुटवलका सबैजसो ग्यास बिक्री गर्ने पसलहरूमा छ। ग्यास अभाव भएपछि इलाका प्रशासन कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका, ग्यास विक्रेता संघ र उपभोक्ता हित संरक्षण मञ्चसहितको टोलीले अनुगमन गर्दा १० वटा ग्यास पसलमध्ये दुई वटामा मात्रै केही भरिएका सिलिन्डर (१४.२ केजी) फेला पारेको छ। प्रतीक्षासूचीमा रहेकाहरूका लागि राखिएका केही थान सिलिन्डरबाहेक बजारमा अरु छैनन्।
Read full story at source (nepalnews.com)