३० दिनभित्र एलपी ग्यास सिलिन्डरको म्यापिङ गर्न आयल निगमलाई अन्सारीको निर्देशन
nagariknews.nagariknetwork.com · Tue Aug 04 10:33:16 GMT 2026

प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभर रहेका एलपी ग्यास सिलिन्डरको म्यापिङ गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन्।
मंगलबार बसेको समितिको बैठकमा सभापति अन्सारीले बजारमा देखिने कृत्रिम ग्यास अभाव अन्त्य गर्न करिब १ करोड ७५ लाख एलपी ग्यास सिलिन्डरको अभिलेख तयार गरी प्रत्येक सिलिन्डरलाई पहिचानयोग्य बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले १७ दिनअघि नै म्यापिङ गर्न निर्देशन दिइएको भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाए।
Read full story at source (nagariknews.nagariknetwork.com)