चितुवाको आक्रमणबाट स्याङ्जामा १० बाख्रा–बोका मारिए
annapurnapost.com · Tue Aug 04 10:37:19 GMT 2026

स्याङ्जा : स्याङ्जामा चितुवाकोे आक्रमणबाट गए राति बाख्रा र बोका गरी १० मारिएका छन् । घरपालुवा जनावरप्रति स्याङ्जामा चितुवा आक्रमण बढ्न थालेको छ ।
गल्याङ नगरपालिका–३, रूपखानीका श्याम रानाको खोरमा पसेर बाख्रा / बोकामाथि आक्रमण गरी मारेको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । साउन १८ गते राति रानाको घर नजिकैको बाख्राको खोरमा रहेका ९ वटा बाख्रा / बोका खोरभित्रै मरेको अवस्थामा भेटिएका थिए ।
Read full story at source (annapurnapost.com)