वाग्मती सरकारका मन्त्री बज्राचार्यले लिए शपथ
baahrakhari.com · Tue Aug 04 10:50:00 GMT 2026

हेटौँडा । वाग्मती प्रदेश सरकारका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार (साउन १९) अपराह्न मकवानपुरको हेटौँडामा आयोजित एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई नेपालको संविधानको धारा १७२ बमोजिम शपथ खुवाएका हुन् ।
वाग्मतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबारै दिउँसो उनलाई भौतिक पूर्वाधारमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।
Read full story at source (baahrakhari.com)