धुलिखेलमा नि:शुल्क अनुवाद कार्यशाला हुँदै, आवेदन दिने समय २४ गतेसम्म
onlinekhabar.com · Tue Aug 04 10:46:46 GMT 2026

१९ साउन, काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू) ले सिकागो विश्वविद्यालयसँगको सहकार्यमा आगामी भदौ २६ देखि २८ सम्म तीन दिने अनुवाद कार्यशाला आयोजना गर्न लागेको छ । काठमाडौं विश्वविद्यालयको भाषा तथा जनसञ्चार विभाग र सिकागो विश्वविद्यालय अन्तर्गतको साउथ एसियन लिटरेचर इन ट्रान्सलेशनले यो कार्यशाला आयोजना गरेका हुन् ।
कार्यशालाका लागि आवेदन दिने समय साउन २४ गतेसम्म तोकिएको छ । कार्यशालामा जम्मा २४ सिट उपलब्ध छन् । कविता र गद्य अनुवादमा रुचि राख्ने नेपाली वा दक्षिण एसियाका कुनै पनि भाषाबाट अंग्रेजीमा अनुवाद गर्ने व्यक्तिहरूले कार्यशालामा आवेदन दिन सक्नेछन् ।
Read full story at source (onlinekhabar.com)