गुगल जेमिनाई अब फ्रान्सेली फुटबल क्लब पीएसजीको आधिकारिक एआई असिस्टेन्ट
techpana.com · Tue Aug 04 01:46:29 GMT 2026

काठमाडौं । फ्रान्सको वर्तमान फुटबल लिग च्याम्पियन तथा गत सिजनको युरोपेली च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गुगलसँग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी साझेदारी सम्झौता गरेको छ । पीएसजीका अनुसार गुगल जेमिनाई अब क्लबको आधिकारिक एआई सहायक (असिस्टेन्ट) हुनेछ भने गुगल पिक्सेल पीएसजीको आधिकारिक स्मार्टफोन बन्नेछ ।
यता, पीएसजीले आफ्नो घरेलु मैदान पार्क देस प्रिन्सेस (पेरिस) मा गुगल स्पेस स्थापना गर्ने भएको छ । यसमा समर्थकहरूले गुगलका एआई तथा पिक्सेल उपकरण प्रत्यक्ष अनुभव गर्न पाउनेछन् । पीएसजीले यो साझेदारीको उद्देश्य प्रविधिमार्फत समर्थकसँगको सम्बन्ध सुदृढ बनाउनु, खेल हेर्ने अनुभवलाई थप अन्तरक्रियात्मक बनाउनु र विश्वभरका समर्थकलाई नयाँ डिजिटल अनुभव प्रदान गर्नु रहेको जनाएको छ ।
Read full story at source (techpana.com)