तराईका जिल्लामा भएका घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे
reportersnepal.com · Tue Aug 04 10:53:30 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरी लगायत तराईका विभिन्न जिल्लाहरूमा हालै घटेका हिंस्रक घटनाहरूको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने स्पष्ट पारेका छन्।
प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकलाई सम्बोधन गर्दै नेता आङदेम्बेले सुनसरी, सिरहा, धनुषा र पर्सा जस्ता जिल्लाहरूमा नागरिकको ज्यानसमेत जाने गरी स्थिति किन निम्तियो भन्ने विषयमा सरकारसँग गम्भीर प्रश्न उठाए। “नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? यसबारे सरकारले चित्तबुझ्दो र स्पष्ट जवाफ दिनुपर्छ,” उनले भने, “सदन र आम जनतासमक्ष सरकारले यस घटनाको सम्पूर्ण जवाफदेही लिनैपर्छ।”
Read full story at source (reportersnepal.com)