नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
khabarhub.com · Tue Aug 04 10:59:58 GMT 2026

काठमाडौं – धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १५ अङ्कले घटेर दुई हजार ६६३ दशमलव १८ अङ्कमा झरेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६६ अङ्कले घटेर ४६७ दशमलव ९६ पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ४० अङ्कले घटेर १८३ दशमलव ३३ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक एक दशमलव आठ अङ्कले घटेर १५८ दशमलव ५७ मा पुगेको छ ।
Read full story at source (khabarhub.com)