असोजमा आउँदै ‘कार्की साइला’, पहिलो गीत ‘लग्यौ परान’ ले बढायो चर्चा (भिडियो)
kalakarmi.com · Tue Aug 04 11:03:52 GMT 2026

काठमाडौं- असोज २ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कार्की साइला’ को पहिलो गीत ‘लग्यौ परान’ रिलिज भएको छ । मंगलवार निर्मण टिमले पत्रकार सम्मेलन गर्दै प्रचारप्रसार स्वरुप उक्त गीत रिलिज गरेको हो ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र प्रियाना आचार्यलाई अभिनय गराइएको छ । उनीहरुको कमेष्ट्री असाध्यै मिलेको छ । पत्रकारहरु उक्त गीतको भिडियो असाध्यै राम्रो बनेको कार्यक्रममा प्रतिक्रिया दिएका छन् । श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको यस गीतमा शब्द रचना विष्णु नेपाल नेपालीको रहेको छ ।
Read full story at source (kalakarmi.com)