लेबनान र इजरायलबिच रोममा प्रत्यक्ष वार्ता सुरु
ratopati.com · Tue Aug 04 11:11:11 GMT 2026

रोम । लेबनान र इजरायलबीच प्रत्यक्ष वार्ताको सातौं चरण इटालीको राजधानी रोममा सुरु भएको छ । अमेरिकाको मध्यस्थतामा भइरहेको उक्त वार्तामा दुवै देशका प्रतिनिधिमण्डल सहभागी भएका छन् । लेबनानको सरकारी समाचार संस्था ‘नेसनल न्युज एजेन्सी (एनएनए)का अनुसार वार्ताको मुख्य उद्देश्य गत जुनमा हस्ताक्षर भएको अमेरिका–मध्यस्थता ढाँचागत सम्झौताको कार्यान्वयनसम्बन्धी विषयमा छलफल गर्नु हो ।
इटालियन समाचार संस्था ‘एन्सा’ र इजरायली सञ्चारमाध्यमहरूले पनि रोममा वार्ता सुरु भएको पुष्टि गरेका छन ्। यो वार्ता लेबनान र इजरायलबीच लामो समयदेखि कायम रहेको तनाव कम गर्ने तथा सीमा क्षेत्रमा स्थिरता ल्याउने प्रयासका रूपमा हेरिएको छ । रोममा यसअघि जुन १४ मा छैटौं चरणको वार्ता भएको थियो । त्यसअघि पाँच चरणको वार्ता अमेरिकाको वासिङ्टनमा आयोजना गरिएको थियो । ती छलफलपछि जुन २६ मा दुवै पक्षबीच एउटा ढाँचागत सम्झौता भएको थियो ।
Read full story at source (ratopati.com)