दाङको गढवा गाउँपालिकाका पूर्वअध्यक्षसहित पाँचजनाविरुद्ध मुद्दा दायर
nepalnews.com · Tue Aug 04 11:30:14 GMT 2026

बुटवल। दाङको गढवा गाउँपालिकाका पूर्वअध्यक्ष सहजराम यादव अहिरसहित पाँचजनाविरुद्ध नदीजन्य पदार्थको उत्खननबाट उठ्नुपर्ने राजस्व चुहावट गराएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
गढवा गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा वडा नं. १ र २ को विभिन्न स्थानमा नदीजन्य पदार्थको संकलन तथा निकासीको टेन्डर गरेको र टेन्डर भएपश्चात् ठेकेदारसँग आपसी मोलमलाई गरी सम्झौता नगरी कार्यालयबाट सहीछाप सहितको नगदी रसिद जारी गरी अनियमित ढंगले ठूलो परिमाणको राजस्व रकम हिनामिना गरेको भन्ने उजुरीअनुसार अनुसन्धान हुँदा अध्यक्षसहित ५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
Read full story at source (nepalnews.com)