भोटेकोशी बाढी : एक हजार २९४ शव फेला, पाँच हजार ५३ अझै सम्पर्कविहीन
lokaantar.com

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि हालसम्म एक हजार २९४ जनाको शव फेला परेको छ भने पाँच हजार ५३ जना अझै सम्पर्कविहीन रहेका छन् ।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ता भएकाको खोजी तथा उद्धारलाई तीव्र बनाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १४०, नुवाकोटमा १८४, धादिङमा ६७, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२१ र नवलपरासी पश्चिममा २१२ रहेका छन् । यसबाहेक विभिन्न स्थानबाट ३५९ मानव अंग समेत फेला परेका छन् ।
Read full story at source (lokaantar.com)