सेनाका कप्तानसँगको सवाल-जवाफबारे सांसद राजु पाण्डेले दिए स्पष्टीकरण
kendrabindu.com · Tue Aug 04 11:37:04 GMT 2026

काठमाडौं । रास्वपा सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित माकलबारी बस स्टेण्डदेखि देशे जाने सडकअन्तर्गत नेपाल ट्रष्टको स्वामित्वमा रहेको क्षेत्रको पर्खाल हटाउने क्रममा उत्पन्न परिस्थितिबारे स्पष्टीकरण दिएका छन्।
विज्ञप्तिमा बताइएअनुसार सडक चौडा गर्ने कार्यका क्रममा सम्बन्धित नेपाली सेनाको टुकुडीलाई आवश्यक जानकारी पुग्न केही मिनेट ढिलाइ भएकाले प्रारम्भिक रूपमा केही असहज अवस्था सिर्जना भएको थियो। तर, तत्पश्चात् नेपाली सेनाका प्रमुख सेनानीसँग आपसी समन्वय र छलफल सम्पन्न गरी नेपाली सेनाकै पूर्ण सहयोग र सहकार्यमा सडक विस्तारको कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ।
Read full story at source (kendrabindu.com)