ग्यास अभाव अन्त्य गर्न सरकारको ठूलो निर्णय, तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टन एलपी ग्यास आयात हुने
kalakarmi.com · Tue Aug 04 11:31:52 GMT 2026

काडमाडौं- पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत् छलफल भएको छ। सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा ग्यास अभावको कारण, आपूर्ति अवस्था तथा समाधानका उपायबारे सम्बन्धित मन्त्रालय, विभाग, उद्योगी र ग्यास वितरण व्यवसायीबीच समीक्षा गरिएको थियो ।
छलफलका क्रममा व्यवसायीहरूले बजारमा हल्ला चलेजस्तो ग्यासको वास्तविक अभाव नभएको बताए । पश्चिम एसियामा भएको द्वन्द्वपछि ग्यास आपूर्ति सहज बनाउन सरकारले ७.१ किलोग्रामको आधा सिलिन्डर वितरण गरेको र अहिले पुनः १४.२ किलोग्रामको भरिएको सिलिन्डर वितरण प्रारम्भ भएपछि एकाएक माग बढेको उनीहरूको भनाइ थियो ।
Read full story at source (kalakarmi.com)