सूचना प्रविधि अधिकृत तामाङ १ लाख रुपियाँ घुससहित पक्राउ
baahrakhari.com · Tue Aug 04 11:36:47 GMT 2026

काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङलाई अख्तियारले एक लाख रुपियाँ घुससहित पक्राउ गरेको छ ।
सूचना प्रविधि अधिकृत तामाङले भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै पटक–पटक दुःख हैरानी दिइ घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले टोली परिचालन गरेको थियो । सेवाग्रहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ ।
Read full story at source (baahrakhari.com)