दोस्रो त्रैमासमा साउदी अरामकोको नाफा ४४ प्रतिशतले बढ्यो
arthasansar.com · Tue Aug 04 11:42:15 GMT 2026

स्ट्रेट अफ होर्मुज र बाब अल–मन्देव जलडमरूमध्यमा अवरोधका बाबजुद साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोले वर्षको दोस्रो त्रैमासमा ४४ प्रतिशत नाफा कमाएको छ ।
प्रशोधित तथा रासायनिक उत्पादनका साथै प्रशोधन नगरिएको तेल (क्रुड ओयल) को मूल्यमा भएको वृद्धिका कारण कम्पनीले अप्रिलदेखि जुनसम्मको अवधिमा ३२.६९ अर्ब अमेरिकी डलर खुद नाफा कमाएको छ । तथापि, गत हप्ता सार्वजनिक आधिकारिक तथ्यांक अनुसार साउदी अरबमा तेल सम्बन्धी गतिविधि गत वर्षको सोही अवधिको तुलनामा २४.७ प्रतिशतले घटेको छ। जसका कारण दोस्रो त्रैमासमा साउदीको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४.८ प्रतिशतले खुम्चिएको छ ।
Read full story at source (arthasansar.com)