बाजुराको छेडेदह तालमा एक महिला मृत फेला
nepalviews.com · Tue Aug 04 11:49:34 GMT 2026

बाजुरा । खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । सोही पालिकाको वडा.नम्बर ७ बस्ने माने कठायतकी श्रीमती अन्दाजी ६२ वर्षीया धरु देवी कठायत मृत फेला परेकी हुन् ।
मृतक कठायत साउन १७ गते घरमा कोही कसैलाई जानकारी नगराई निस्केकी थिइन् । त्यसपछि सम्पर्कविहीन भएकी उनी साउन १९ गते दिउँसो करिब २ः३० बजे छेडेदह तालमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिए ।
Read full story at source (nepalviews.com)