स्प्रिङबेस एआईका सह-संस्थापक आकाश जातिया र भरत गोल्छा : एआईलाई सबैका लागि पहुँचयोग्य बनाउने साझा दृष्टि
ictsamachar.com

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) आज विश्वको प्रविधि, व्यवसाय र नवप्रवर्तनको केन्द्रमा पुगेको छ । यही सन्दर्भमा नेपालमा एआईको सम्भावना, यसको प्रयोग, नीति–तयारी, व्यवसायिक रूपान्तरण र स्थानीय आवश्यकतासँग यसको सम्बन्धबारे गहिरो बहस भइरहेका छन् । यस्तो पृष्ठभूमिमा स्प्रिङबेस एआईका सह-संस्थापक आकाश जातिया र भरत गोल्छा सँग गरिएको यो विशेष कुराकानीले एआईलाई केवल एउटा प्राविधिक उपकरणका रूपमा होइन, बरु एक व्यापक रणनीतिक परिवर्तनका रूपमा बुझ्नुपर्ने आवश्यकता उजागर गर्छ ।
यस अन्तर्वार्तामा दुवैले स्प्रिङबेस एआईको अवधारणा, यसको निर्माण पछाडिको प्रेरणा, तथा एआईलाई सबैका लागि सरल, पहुँचयोग्य र उपयोगी बनाउने आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । उनीहरूले विभिन्न भाषा बोल्ने, प्राविधिक पृष्ठभूमि कमजोर भएका वा डिजिटल साधनसँग सीमित पहुँच भएका मानिसहरूलाई समेत एआईको लाभ दिलाउने लक्ष्यका बारेमा विस्तारमा बोलेका छन् । साथै, संस्थाहरूको विखण्डित डाटा, म्यानुअल कार्यप्रणाली र धेरै टुल्स प्रयोग गर्दा उत्पन्न हुने जटिलता हटाएर एकीकृत एआई प्रणालीमार्फत प्रभावकारी कार्यसम्पादन कसरी सम्भव हुन्छ भन्ने विषयमा आईसीटी समाचारका लागि स्नेहा झा ले गरेको कुराकानी ।
Read full story at source (ictsamachar.com)