प्रभु बैंकका सीईओ भन्छन्– कर्जा असुली र धितो लिलामी नियमित प्रक्रिया हुन्, आधारहीन समाचारले भ्रम छर्यो
nepalpress.com · Tue Aug 04 12:04:59 GMT 2026

काठमाडौं । प्रभु बैंकले विभिन्न सञ्चारमाध्यमहरूमा बैंक, यसका सञ्चालक, पदाधिकारी तथा आन्तरिक व्यवस्थापनलाई जोडेर सम्प्रेषित समाचारहरूप्रति खण्डन गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले विज्ञप्ति जारी गर्दै सत्यतथ्यको पुष्टि नगरी प्रकाशन गरिएका एकपक्षीय, अतिरञ्जित र भ्रामक समाचारहरूले भ्रम सिर्जना गरेको दाबी गरेका हुन् ।
विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरूले बैंकको संस्थागत प्रतिष्ठा, सञ्चालक तथा पदाधिकारीहरूको व्यक्तिगत मान–मर्यादा, सार्वजनिक विश्वास र नियामक निकायहरूप्रति अनावश्यक भ्रम सिर्जना गर्ने दुष्प्रयास गरेको भन्दै बैंकले गम्भीर असहमति प्रकट गरेको छ । बैंकभित्र हुने कर्मचारी सरुवा, कार्य जिम्मेवारी समायोजन, आन्तरिक व्यवस्थापन, कर्जा असुली प्रक्रिया तथा धितो लिलामीको सूचना प्रकाशन जस्ता विषयहरू बैंकिङ व्यवसायका नियमित एवं कानुनसम्मत अभ्यासहरू रहेको उनले स्पष्ट पारेको छ ।
Read full story at source (nepalpress.com)