‘क’ वर्गका बैंकका सिइओसँग अर्थमन्त्रीले के भने ?
kendrabindu.com · Tue Aug 04 12:13:00 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग छलफल गर्दै नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक रहेको बताएका छन् ।
छलफलमा अर्थमन्त्रीले निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिँदै वित्तीय प्रणालीको नेतृत्व गरिरहेका बैंकिङ क्षेत्रसँग सुझाव र अनुभव आदानप्रदान गर्न बैठक आयोजना गरिएको बताए । उनले उत्पादन, लगानी, बचत, वित्तीय विश्वास तथा आर्थिक गतिविधिको केन्द्रमा बैंकिङ प्रणाली रहेको उल्लेख गर्दै अर्थतन्त्रको वास्तविक अवस्था, बजारको मनोविज्ञान र लगानीकर्ताको अपेक्षाबारे बैंकिङ क्षेत्र सबैभन्दा बढी जानकार रहेको धारणा राखे ।
Read full story at source (kendrabindu.com)