अन्योलमा नेपाली फुटबल : एन्फालाई बाइपास गरेर मन्त्रालयले खोज्दै छ समाधान
ratopati.com · Tue Aug 04 12:20:05 GMT 2026
काठमाडौं । एउटा खेलाडीको जीवनमा सबैभन्दा मूल्यवान् कुरा समय हो । चोट लागे निको हुन सकिन्छ, खराब प्रदर्शन सुधार्न सकिन्छ, तर गुमेको समय कहिल्यै फर्केर आउँदैन । यही कठोर यथार्थ अहिले नेपाली फुटबलका हजारौं खेलाडीले भोगिरहेका छन् ।
वर्षौंको मेहनतपछि राष्ट्रिय टोलीमा स्थान बनाएका खेलाडी अहिले प्रशिक्षण त गरिरहेका छन्, तर उनीहरूलाई थाहा छैन, अर्को पटक राष्ट्रिय जर्सी लगाएर अन्तर्राष्ट्रिय मैदानमा कहिले उत्रन पाइन्छ ? नेपालको फुटबल प्रशासनमा देखिएको संकटपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गर्यो । कागजमा हेर्दा यो कारबाही एन्फामाथि गरिएजस्तो देखिए पनि यसको वास्तविक पीडा मैदानमा पसिना बगाउने खेलाडीहरूले भोगिरहेका छन् ।
Read full story at source (ratopati.com)