नयाँ नियमावली लागू भएपछि शैक्षिक परामर्शसम्बन्धी पुरानो निर्देशिका खारेज
kendrabindu.com · Tue Aug 04 12:22:36 GMT 2026

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ। मन्त्रालयले नयाँ कानुनी व्यवस्था कार्यान्वयनमा आएसँगै पुरानो निर्देशिकालाई औपचारिकरूपमा हटाएको हो।
मन्त्रालयका अनुसार हालै लागू भएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ कार्यान्वयनमा आइसकेकाले पुरानो निर्देशिका कायम रहँदा कानुनी अन्योल सिर्जना हुनसक्ने अवस्था थियो। यही कारण नयाँ नियमावलीको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशिका खारेज गरिएको जनाएको छ।
Read full story at source (kendrabindu.com)