एक लाख रुपैयाँ घुस लिँदै गर्दा आईटी अधिकृत तामाङ अख्तियारको फन्दामा
kendrabindu.com · Tue Aug 04 12:46:01 GMT 2026

काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तामाङले भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै पटक–पटक दुख हैरानी दिइ घुस माग गरिरहेको भन्ने निवेदनको आधारमा आयोगले सेवाग्रहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको छ ।
Read full story at source (kendrabindu.com)