पलेँटीमा जमेका मदन र यमन
kalakarmi.com · Tue Aug 04 12:48:03 GMT 2026

काठमाडौं– गएको विकेण्ड कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ तथा उनका छोरा कलाकार यमन श्रेष्ठको ‘पलेँटी’ सम्पन्न भएको छ । पलेँटी विगत २१ वर्षदेखि सञ्चालन हुँदै आएको सांगीतिक कार्यक्रम हो । आजभन्दा १८ वर्ष पहिले पनि यसै कार्यक्रममा मदनकृष्ण श्रेष्ठको एकल गायन प्रस्तुत भएको थियो । यसपालि भने मञ्चमा मदनकृष्णका साथ उनका छोरा यमन श्रेष्ठको गायन समेत प्रस्तुत भएको थियो ।
कार्यक्रमको सञ्चालन पलेँटीका संयोजक तथा संगीतकार आभासले गरेका थिए । झन्डै २ घण्टासम्म चलेको कार्यक्रममा १६ वटा गीतहरू समेटिएका थिए । कार्यक्रममा समावेश गीतहरूमा मदनकृष्ण र यमन श्रेष्ठका अलावा कवि दुर्गालाल श्रेष्ठ, नीर शाह, दिनेश अधिकारी, कमल मैनाली, राजनराज शिवाकोटीका शब्द-रचनाहरू समेटिएका थिए । प्रस्तुत गीतहरूमा न्ह्यू बज्राचार्य, शक्ति बल्लभ, हरि लम्साल, राजनराज सिवाकोटीले भरेका धुनकासाथै अधिकांश धुन मदनकृष्ण र यमन श्रेष्ठकै सृजना रहेका थिए ।
Read full story at source (kalakarmi.com)